कात्तिक २ गते २०८३ || October 18, 2026

मोरङ ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित 


शुक्रबार, मंसिर ९ २०७९०५:१२

मोरङ ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित 

काठमाडौँ - मोरङ ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् । शुक्रबारको अन्तिम परिणाम अनुसार नेता कोइराला निर्वाचित भएका हुन् । 

मोरङ–६ मा शेखरले एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका पण्डितले २२ हजार ९२९ मत पएका छन् ।

१२ हजार २८६ को भारी मतान्तर सहित नेपाली कांग्रेसका नेता डा शेखर कोइराला मोरङ क्षेत्र नं–६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको घोषणा हुन बाँकी छ । कुल ८५ हजार ३ सय ७१ मतमा ८० हजार ४ सय १७ मत सदर भएको थियो । जसमा कोइरालाले ३५ हजार २ सय १३ मत पाएका छन् ।


  • सम्बन्धित विषय:

  • # शेखर कोइराला
  • # नेपाली कांग्रेस


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend