अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलामाथि अख्तियारलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार पुनरावेदन हुने मुद्दामा रविन्द्र नाथ चौधरी र अर्का प्रतिवादी रामलखन चौधरीमाथि रहेको नक्कली स्थायी अध्यापन अनुमति पत्र बनाइ भ्रष्टाचार गरेको आरोप छ । यसैगरी, गोपालचन्द्र लामा र अर्का प्रतिवादी रामप्रसाद देवकोटामाथि सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप छ ।