काठमाडौं - काभ्रेपलाञ्चोक २ मा नेकपा एमालेका गोकुलप्रसाद बास्कोटा बिजयी भएका छन् । कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।
बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गर्दै पराजित भए । हुमागाईं लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट उमेदवार थिए ।