राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरूद्ध पारेको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध पारेका हुन् । बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसदहरुलाई आग्रह गरिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन भएकाले बैठक अवरुद्ध नपार्न उनको आग्रह छ । तर रास्वपाका सांसदहरु नमानेपछि सो पार्टीका सभापति रवि लामिछानेलाई बोल्ने समयदिएका छन् ।