केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोधगरेका छन् ।
मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्तिजनाएका हुन् । उनले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताए ।
उनले हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको जिकिरगरेका छन् । ओलीले यो देशमा न्याय छैन की यही हो न्याय ? भन्दै प्रश्न समेत गरेका छन् ।
‘‘आज चार वर्ष नभइकन एसिड आक्रमण गर्नेलाई नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय रुपमा समेत परिचित भइसकेकी बालिका हुन् मुस्कान खातुन । उनको घाउ निको भएको छैन । उनको उपचार चलिरहेको छ । तर सरकारले एसिड आक्रमणलाई छोडिसक्यो । सरकारले उनको उपचार गराइरहेको छैन ।,’’ अध्यक्ष ओलीले भने , ‘‘एसिड आक्रमण पीडितलाई उपचार गर्न नसक्ने, उनको अरु प्रवन्ध गरिदिन नसक्ने । हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी त्यस्ता अपराधीलाई चार वर्ष पनि भएको छैन । कडा कानुन ल्याइयो भनेर देशमा खुशीयाली मनाइयो । महिला जगत खुशी भएको थियो । हाम्रा चेलीले सुरक्षाको अनुभूति गरेका थिए । उनीहरुलाई सरकारले छोडिदियो ।’’
अध्यक्ष ओलीले कानुन नमान्ने भए अपराधीका लागि कानुनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै प्रश्न गरेका छन् ।