कात्तिक २ गते २०८३ || October 18, 2026

दुई जना प्रअ प्रत्यासीको द्वन्दले विद्यार्थीहरु मारमा


मंगलबार, असोज २३ २०८००४:३६

दुई जना प्रअ प्रत्यासीको द्वन्दले विद्यार्थीहरु मारमा

महोत्तरी, गौशाला नगरपालिका स्थित रामनगर मा.वि. मा गत भाद्र महिना नगरपालिकाले शिक्षक सरुवा गरेदेखि हालसम्म प्र.अ. नियुक्त हुन  सकेको छैन । कारण दुई जना एकै तहको कर्मचारी हुनु हो तर  बरिष्ठताको आधारमा प्र.अ. हुनु पर्ने भए पनि  दुई  बिच समझदारी  हुन नसक्दा प्र.अ. चुनिन सकेको छैन जसका कारणले विद्यालय भित्र विभिन्न खाले अनियमितता हुने गरेकोे  पाइएको छ भने  विद्यालय व्यवस्थापन  समिति नै सक्रिय हुन सकेको छैन । यता बिधार्थी भने चौतर्फी मारमा परेका  छन ।  जसका कारणले विद्यार्थीहरुले कहिले समय अगावै  छुट्टी हुने त कहिले शुद्ध पिउने पानीको अभाव  हुने बताएका  छन् । त्यस्तै केही हप्ता यता कक्षा ६ भन्दा मुनिका बालबलिकालाई दिवा खाजाको व्यवस्था  हुँदै आएकोमा त्यो पनि बन्द रहेको छ । जसका  कारणले बालबालिकाहरु जङ्क फुड खान बाध्य भएका छन। यी विषयमा  नगर शिक्षा शाखामा बुझ्दा,हामीले विद्यालयको खातामा रकम  पठाई सकेका छौं त्यसलाई  संचालन र व्यवस्पथान गर्ने काम विद्यालयको हो भन्ने जवाफ आएको छ । यता विद्यालयमा जानकारी लिदा खाता नखुलेको र प्राप्त रकम चलाउन नपाएको कुरा विद्यालयका  कर्मचारी ले जानकारी गराउनु भयो भने  खाताको रकम  प्र.अ. निर्धारण भएपछि मात्र संचालन गर्न पाउने (संयुक्त खाताको कारण )नियम रहेको प्र.अ. प्रत्यशी दिपक दर्लामी सरले बताउनुभयो । यसरी विद्यालय संचालनका निमित्त सम्बन्धित निकायले पुर्ण रूपमा चासो नदिँदा विद्यार्थी मारमा परेका  हुन् । 


  • सम्बन्धित विषय:

  • # गौशाला नगरपालिका महोत्तरी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend