कात्तिक २ गते २०८३ || October 18, 2026

‘राजनीतिक दलहरूले राष्ट्र निर्माणमा आफूलाई केन्द्रित गर्नुपर्छ’ केपी ओली


शनिबार, असोज २७ २०८००४:०७

‘राजनीतिक दलहरूले राष्ट्र निर्माणमा आफूलाई केन्द्रित गर्नुपर्छ’ केपी ओली

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नगरी राष्ट्र निर्माण गर्ने दिशामा केन्द्रित हुनुपर्नेबताएका छन् । 

काठमाडौँको गोकर्ण रिसोर्टमा आजदेखि सुरुभएको एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को पाँचौँ सम्मेलनको उद्घाटनसत्रमा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताएका हुन्  । राजनीतिक दलका लागि सरकारभन्दा जनता महत्त्वपूर्ण रहेको चर्चा गर्दै उनले जनता र देशको निम्ति काम गर्न दलहरू निर्माण हुनेगरेको चर्चा गरेका छन्  ।

अध्यक्ष ओलीलेभने , “सबैका लागि न्याय सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सदभाव तथा सहयोगको भावना प्रवर्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुन्छ ।” जलवायु सङ्कट, स्वास्थ्य विपद् र द्वन्द्व समकालीन विश्वका सबैभन्दा ठुलो चुनौती रहेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले त्यसको समाधानको जिम्मेवारी पनि राजनीतिक दलहरूको भएको बताएका छन्  ।

उनले भने , “राजनीतिक दलहरूले आफ्नो दक्षता बढाउन तथा व्यावसायिक क्षमताको विकास गर्न जरुरी छ । एसियाली राजनीतिक दलहरूले गर्न सक्ने योगदान विशिष्ट हुनेछ भन्ने मेरो विश्वास छ ।” 

शताब्दीऔंदेखि एसिया शिक्षा, ज्ञान निर्माण र विकासको केन्द्र रहिआएको चर्चा गर्दै  अध्यक्ष ओलीले भने , “सन् १ देखि १८२० सम्म भारत र चीनले विश्वको करिब ५० प्रतिशत बरावर आर्थिक उत्पादन गर्थे । आज सन् २०२३ मा आइपुग्दा विश्व आर्थिक गतिविधिको केन्द्र फेरि एसियातर्फ सरिरहेको छ भन्न सङ्कोच मान्नु पर्दैन ।”




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend