असोज २९ गते २०८३ || October 15, 2026

चीनले पुस २४ देखि अन्तर्राष्ट्रिय यात्रीका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाउने 


मंगलबार, पुस १२ २०७९०८:०८

चीनले पुस २४ देखि अन्तर्राष्ट्रिय यात्रीका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाउने 

काठमाण्डौ- चीनले आगामी पुस २४  गतेबाट अन्तर्राष्ट्रिय यात्रीका लागि अनिवार्य गरेको क्वारेन्टाइन हटाउने भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै  नयाँ वर्षको पहिलो सातादेखि चीन आउने कुनै पनि अन्तर्राष्ट्रिय पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने घोषणा गरेको हो ।

यो सँगै चीनले करिब ३ वर्षपछि आफ्नो अन्तर्राष्ट्रिय सीमाहरू फेरि खोल्न लागेको हो। चीन सरकारले लिएको निर्णय अनुसार अब यात्रुहरुलाई चीन जान ४८ घण्टा पुरानो कोभिड रिपोर्ट भए पुग्नेछ । पछिल्लो समय ओमिक्रोनको नयाँ भेरियन्टसाग संघर्ष गरिरहेको चीनले यस्तो घोषणा गरेको हो ।


  • सम्बन्धित विषय:

  • # चीन–सरकार


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend