असोज २९ गते २०८३ || October 15, 2026

भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु


पिपल अनलाइन
सोमबार, पुस २५ २०७९११:४४

भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौँ - भारतको गुजरातबाट लखनउतर्फ आइरहेको एक बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपालीहरु कैलाली टीकापुरका हुन् ।  दुर्घटना कैलाली टीकापुर नगरपालिका(१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको पुष्टी भएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीले पनि तीन जना नेपाली र एक जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । अन्य १७ जना घाइते भएका छन् । दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको हो । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो 


  • सम्बन्धित विषय:

  • # भारतमा बस दुर्घटना हुँदा ३ नेपालीसहित ४ जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend