कात्तिक २ गते २०८३ || October 18, 2026

हुम्लाका डिएसपी भट्टराई निलम्बित


आइतबार, कात्तिक १२ २०८०१२:२२

हुम्लाका डिएसपी भट्टराई निलम्बित

 जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराई निलम्बनमा परेका छन् । उहाँले महिला प्रहरीमाथि यौन हिंसा गरेकोको उजुरी परेपछि गृह मन्त्रालयले निलम्बनमा पारेको हो । 

उहाँ हुम्ला जिल्लाको  प्रहरी प्रमुखसमेत हुनुहुन्थ्यो । रक्सी खाएर सिमकोट विमानस्थलमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उहाँलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । उहाँलाई कार्यालयकै महिला प्रहरीले मदिराको नशामा यौन दुर्व्यवहार गरेको उजुरी प्रधान कार्यालयमा दर्ता गरेकी थिइन् । भट्टराईलाई प्रहरी प्रधान कार्यालयले हुम्ला जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानेको छ  । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend