कात्तिक १ गते २०८३ || October 17, 2026

नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने व्यक्ति पक्राउ


बुधबार, कात्तिक १५ २०८००४:३०

नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने व्यक्ति पक्राउ

  सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा झापा दमक नगरपालिका – ५ वतन भएका ४६ वर्षीय डिल्ली राम खनाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेकोले कारवाहीको लागि नेपाली सेनाबाट पत्राचार भएपश्चात साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्ने क्रममा खनालको सङ्लग्नता रहेको खुल्न आएको जनाएको छ । प्रहरीले खनाललाई काठमाडौंबाट पक्राउ गरेको हो । 

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप अनुमति लिई  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend