कात्तिक २ गते २०८३ || October 18, 2026

नवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एकको अवस्था गम्भीर


आइतबार, कात्तिक २६ २०८००२:५६

नवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एकको अवस्था  गम्भीर

नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ८ मुण्डेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको जीप गोरे घुुम्तीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । मृतकमध्ये तीन महिला तीन पुरुष छन् ।

जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताए । मृतकको पहिचान खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ । घाइतेको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend