कात्तिक २ गते २०८३ || October 18, 2026

दुर्गा प्रसाईंद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता


शुक्रबार, मंसिर ८ २०८००४:१८

दुर्गा प्रसाईंद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता

 राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्  ।

भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी समेत रहेका  प्रसाईंले आज सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । उनले गैरकानुनी थुनाबाट मुक्त गरी पाऊँ भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश मागगरेका छन्  ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्  । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

बिहीबार काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गरेका प्रसाईंका नेतृत्व समूहले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रष्ट पारेको थियो । यससँगै सो क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने केही समर्थकलाई पक्राउ गरिएको थियो ।

प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले व्यवसायी प्रसाईंलाई नजरबन्दमा नराखिएको र सुरक्षा प्रदान गरिएको बताए  ।

उहाँले बैठकमा काठमाडौंको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रबन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरुसँग छलफल गरेको बताए।  उनले  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने उनीहरुमाथि आक्रमण गर्ने कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको स्पष्ट पारेका छन्। 

प्रजिअ बस्नेतले कानुन हातमा लिने कुप्रयास गर्ने समूह र व्यक्तिलाई चेतावनीस्वरुप अनुमति बिना कार्यक्रम गर्न नपाइने व्यवस्था गरेकोबताएका छन् ।

3_96.jpg
undefined
2_116.jpg
undefined
1_115.jpg
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend