कात्तिक १ गते २०८३ || October 17, 2026

व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर नपार्ने - गृहमन्त्री नारायणकाजी श्रेष्ठ


शनिबार, मंसिर १६ २०८००१:३८

व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर नपार्ने - गृहमन्त्री नारायणकाजी श्रेष्ठ

नेपाल सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यवस्थाको विरोधमा आएका आवाजले कुनै असर नपार्ने बताएका छन्  । 

चितवनको भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले भने,  गणतन्त्रमा विरोध गर्न पाइन्छ तर अहिले आएको विरोधले व्यवस्थामा चुनौती आउँदैन भन्ने हामीले लिएका छौ । गणतन्त्रलाई नै असर गर्ने गरी विरोध भएमा हामीले त्यही समयमा निर्णय लिने छौउनले भने । 

टिकटक बन्द गरेका विषयमा जनताले स्वागत गरेको पाइएको भन्दै गृहमन्त्रीले श्रेष्ठले अन्य सामाजिक सञ्जाल बन्द नगर्ने तर नियमन गर्दै लैजाने बताए  । हामी समाजलाई व्यवस्थित पार्दै लैजाने छौ अराजकतालाई भने नियन्त्रण हुनेछ । सङ्घीयता खारेजीका विषयमा आवाज उठेको छ भन्ने पत्रकारको प्रश्नमा उनले भने  सङ्घीयता ल्याउन हुँदैन भन्ने पहिला पनि थियो अहिले पनि छ । यसलाई हामीले ठुलो रूपमा लिएका छैनौ । जनताको आवश्यकता र चाहनालाई भने सम्बोधन गर्नु पर्दछ भन्नेमा हामी जिम्मेवार छौ । 

जनताको आवश्यकतालाई मध्यनजर गरेर काम गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए  । राजा आउँ देश बचाउ भनेर नारा लगाउनेलाई नै राजा आउँछन् भन्ने विश्वास छैन त्यसैले अव देशमा राजा आउँछन् भन्ने सोच्नु दिवा स्वप्न हो । इतिहास फर्केर आउँदैन अगाडि बढेको व्यवस्था अगाडि जान्छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend