रसियामा सैनिकमा भर्ती गराउने भनी नेपाली नागरिकलाई पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको हो ।
गिरोहमा सङ्लग्न दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
रसिया जाने क्रममा ६ जनाको मृत्यु भएको घटनापछि काठमाडौं मात्र नभइ अन्यत्र जिल्लामा ठगी तथा मानव तस्करी हुन सक्छ भनी सरकार गम्भीररुपमा रहेको अवस्थामा विभिन्न माध्यमबाट प्राप्त गरेको सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।