कात्तिक २ गते २०८३ || October 18, 2026

प्रधानमन्त्रीले भेटे विपिन जोशीका अभिभावक


शुक्रबार, मंसिर २२ २०८०१२:५४

प्रधानमन्त्रीले भेटे  विपिन जोशीका अभिभावक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेटगरेका छन्। 

शुक्रबार कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुबाआमासँग भेट गरेका  प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

भेटमा जोशी बुबाआमाले विपिनको उद्धारको पहलबारे प्रधानमन्त्रीसँग सोध्नुभएको थियो । सो क्रममा प्रधानमन्त्रीले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको जानकारी दिए  ।

प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उद्घाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुगेका छन्  । सोही क्रममा प्रधानमन्त्रीले जोशी परिवारसँग भेटघाट गरेका छन्  ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनरत विपिनसहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend