लागु औषध विरुद्ध लाग्ने युवा नेता महतोको योजना
महोत्तरी गौशला नगरपालिकाका युवा नेता तथा समाज सेवी हरि महतोले युवा संघ नेपाल को केन्द्रीय कमिटीको बैठकबाट महोत्तरीको जिल्ला इन्चार्ज को रूपमा जिम्मेवारी पाएसंगै युवाहरुलाई मुख्य रूपमा लागु औषधको दुर्व्यसनीबाट जोगाउन विभिन्न किसिमको कार्य योजनाको साथ अघि बढ्ने योजना रहेको जानकारि गराउनु भएकोे छ।
विशेष गरी यो क्षेत्रको युवाहरुलाई शिक्षा तथा खेलकुदको माध्यमबाट अघि बढाउन विशेष किसिमको कार्य गर्ने प्रतिबद्धता समेत गर्नु भएकोे छ।