कात्तिक १ गते २०८३ || October 17, 2026

आगलागी हुँदा झण्डै १० लाखको क्षति


सोमबार, पुस २ २०८०११:०९

आगलागी हुँदा झण्डै १० लाखको क्षति

हेटौँडा उपमहानगरपालिका १३ टुटेपानीस्थित एक गोठमा आगलागी हुँदा करिब १० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

उत्तम गुम्जाको घरसँग जोडिएको जस्ता र काठले बनेको गोठमा गएराति अचानक आगलागी हुँदा उक्त गोठभित्र रहेको दुई वटा राँगाको अगाडि र पछाडिका खुट्टामा जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीमा १५ सय केजी मकै, सालको काठ ३५० क्युफिट काठ, जस्तापाता १३५ थान जले नष्ट हुँदा करिब नौ लाख सत्तरी हजार रुपियाँ बराबरको क्षति भएको छ । प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा आएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend