कात्तिक २ गते २०८३ || October 18, 2026

साह निगमको निमित्त प्रमुख


मंगलबार, पुस ३ २०८०१०:२२

साह निगमको निमित्त प्रमुख

नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साहलाई सोमबार निमित्त प्रमुखको जिम्मा दिएको हो । हाल नायब कार्यकारीका रूपमा काम गर्दै आएका साहलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । निगमभित्र सबैभन्दा वरिष्ठ तहमा कार्यरत साहलाई निमित्तको जिम्मेवारी दिइएको हो । 

कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मङ्सिर २६ मा १५ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिनुभएको थियो । चार्टर्ड एकाउन्टेन्ट सिए समेत रहेका साह १५ वर्षअघि निगम प्रवेश गर्नुभएको थियो ।   

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend