कात्तिक २ गते २०८३ || October 18, 2026

राष्ट्रपतिद्वारा सर्वोच्चमा छजना न्यायाधीश नियुक्त


बुधबार, पुस ४ २०८००४:४८

राष्ट्रपतिद्वारा सर्वोच्चमा छजना न्यायाधीश नियुक्त

 राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा छजना न्यायाधीश नियुक्त गर्नु भएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको हो ।

न्यायाधीशमा नियुक्ति पाउनु हुनेहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाल रहनु भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend