महोतरी स्थित गौशाला नगरपालिकाको उपमेयर रेणु महतोले प्रयोग गर्दै गरेकोे सबारी मा आज्ञात समुह ले आगजनी गरेकोे छ। गएराति रामनगरस्थित घरको परिसरमा राखिएको प्र २ – ००२ – ०००१ झ ०००५ नम्बरको स्कारपियोमा अज्ञात व्यक्तिले आगजनी गरेको हो ।
उपमेयरको आफनै निवासमा पार्किङ गरी राखेको अवस्थामा राखिएको गाडीमा भएको आगलगीबाट टायर लगायतका आंशिक भागमा क्षति पुगेको हो । गाडीमा लागेको आगो देखेर तत्कालै निभाएकोले थप क्षति हुनबाट जोगिएको स्थानियले जानकारी दिएका छन् ।