कात्तिक २ गते २०८३ || October 18, 2026

गुणस्तरीय शिक्षाका कार्यक्रम अघि बढाउँछौँ मन्त्री शर्मा


बिहीबार , माघ ४ २०८००६:२९

गुणस्तरीय शिक्षाका  कार्यक्रम अघि बढाउँछौँ  मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले माध्यमिक तहका केही सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने बताउनुभएको छ ।
बिहीबार आफूले मन्त्रालय सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री शर्माले यसै वर्षबाट सरकारले माध्यमिक तहका केही सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम अघि बढाउने बताउनुभएको हो ।
उहाँले दूरसञ्चार पूर्वाधार विकासलाई समृद्धिको अनिवार्य सर्त मानेर मन्त्रालय अघि बढेको जानकारी दिनुभयो । उहाँले यसै आर्थिक वर्षमा ब्यान्डविथ प्लेटफर्मको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम रहेको पनि बताउनु भयो । उहाँले कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्ला समावेश हुने गरी हाइ क्यापासिटी माइक्रोवेभ रेडियोमार्फत ट्रान्समिसन नेटवर्क सञ्चालनमा ल्याउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
मन्त्री शर्माले भन्नुभयो, ‘‘यसै आ.व.मा ब्यान्डविथ प्लेटफर्मको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम रहेको छ । माध्यमिक तहका केही सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाका लागि स्मार्ट स्कुल कार्यक्रम यसै वर्ष सुरु गर्ने तयारी भइरहेको छ । सूचना प्रविधिसम्बन्धी सबै काम गर्न दूरसञ्चार पूर्वाधार बिना सम्भव छैन । दूरसञ्चार पूर्वाधार विकासलाई समृद्धिको अनिवार्य सर्त मानेर मन्त्रालय अघि बढेको छ ।’
मन्त्री शर्माले सबै स्थानमा टेलिफोनको पहुँच पुर्‍याउन हाल पाइलटिङको रूपमा जिल्ला घोषणा गरी गुणस्तर सुधार र पहुँच विस्तारका लागि भूकम्प प्रभावित जाजरकोट, रुकुमसहित १९ जिल्लालाई नमुना जिल्ला घोषणा गरी कार्यान्वयन गर्न हिकाई स्थापनासमेत भइसकेको बताउनुभयो । उहाँले सूचना प्रविधिसम्बन्धी सबै काम गर्न दूरसञ्चार पूर्वाधार बिना सम्भव नरहेको बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘‘सबै स्थानमा टेलिफोनको पहुँच पुर्‍याउन हाल पाइलटिङको रूपमा जिल्ला घोषणा गरी गुणस्तर सुधार र पहुँच विस्तारका लागि भूकम्प प्रभावित जाजरकोट, रुकुमसहित १९ जिल्लालाई नमुना जिल्ला घोषणा गरी कार्यान्वयन गर्न इकाई स्थापनासमेत भइसकेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका ११ जिल्ला समावेश हुनेगरी हाइ क्यापासिटी माइक्रोवेभ रेडियोमार्फत ट्रान्समिसन नेटवर्क सञ्चालनमा ल्याउने कार्यक्रम रहेको छ मन्त्री शर्मालेबताउनुभयो।’’

 ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend