कात्तिक २ गते २०८३ || October 18, 2026

सामाजिक एकता लोकतान्त्रिक गणतन्त्रको लक्ष्य : राष्ट्रपति


बिहीबार , फागुन १० २०८००३:२६

सामाजिक एकता लोकतान्त्रिक गणतन्त्रको लक्ष्य : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य हो । अछामको वैद्यनाथमा १४४ वर्षीय कोटिहोमको उद्घाटनका क्रममा सो कुरा बताएका हुन्  । राष्ट्रपति पौडेले धार्मिक, सांस्कृतिक एकतासँगै संविधानले धर्मनिरक्षताले सबैलाई एकताबद्ध बनाउने लैजाने भनाइ राखे  ।

वैद्यनाथलाई पर्यटनको विकास गरेर आर्थिक विकाससँगै सामाजिक एकतामा विकास गर्न सकिने भयो ।

नेपाल धार्मिक र सांस्कृतिक रूपमा पुण्यभूमि भएको भन्दै देवी देउताका मन्दिरले भरिएकाले पर्यटन र तिर्थाटन दुवै हुने भएको राष्ट्रपति पौडेलको भनाइ छ । कोटिहोमले लिएको लक्ष्यलाई शुभकामना दिए  । वैद्यनाथको बारेमा स्कन्दपुराणमा समेत उल्लेख गरेको अल्प मध्य र दीर्घकालीन योजना बनाएर तीनै तहका सरकारले काम गर्नुपर्ने भनाइ राखे  ।

उद्घाटनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादु साउँद, भौतिक योजनामन्त्री प्रकाश देउवा, पूर्वउपप्रधानमन्त्री भीम बहादुर रावल, सांसद, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । वैद्यनाथ क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाल प्रहरीका पूर्व महानिरीक्षक मोतिलाल बोहरा लगायतलाई सम्मान गरिएको छ ।

पौराणिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण वैद्यनाथ धाममा ६/६ वर्षको अर्धकुम्भ मेला,१२/१२ वर्षको महालक्ष्यहोम सहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटीहोम गरिने छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend