असोज ३० गते २०८३ || October 16, 2026

‘म रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल भइरहन्छ’ प्रधानमन्त्री


सोमबार, फागुन २१ २०८००३:४५

‘म रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल भइरहन्छ’ प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल कायमै रहने बताउनुभएको छ । 

धेरैले आफूलाई बुझ्न नसकेको र अनप्रेडिक्टेबल नेता भनेर विश्लेषण गर्ने गरे पनि आफू त्यस्तो नरहेको उहाँले बताउनुभयो । परिस्थितिलाई ध्यान दिंदै आफूले कदम चाल्नेगरेको र प्रतिक्रियावादीहरु आफूलाई घेराबन्दी गरेकै दिन लात्ती हानेर आफू बाहिरिनेगरेको उहाँको भनाइ छ । 

आफूहरुले बृहत कम्युनिष्ट एकताको पहल गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबै कम्युनिष्ट शक्तिहरुलाई तयार रहन आग्रह गर्नुभयो । शान्ति प्रक्रिया टुङ्गो लगाउने काम भइरहेको र त्यो संकल्प पूरा गरेर छाड्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । क्रान्तिको बाटो कहिल्यै राजमार्गजस्तो सोझो नरहेको उहाँले बताउनुभयो । सशस्त्र युद्ध सुरुभएदेखि हजारौं सहिद भइसकेको र अझै पहिचान हुन बाँकी रहेकालाई सहिद घोषणाको काम जारी रहेको उहाँले बताउनुभएको छ  । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend