कात्तिक १ गते २०८३ || October 17, 2026

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्ड बीच छलफल


बिहीबार , चैत १५ २०८००२:३९

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्ड बीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आप भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले नियमित छलफल गरिरहनुभएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend