कात्तिक २ गते २०८३ || October 18, 2026

कर्णालीका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पुग्यो


आइतबार, चैत २५ २०८०१२:४२

कर्णालीका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पुग्यो

नयाँ शैक्षिक सत्र सकिएर त्रैमासिक परीक्षासम्म पनि कर्णालीका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउँदा समस्या हुने गरेको थियो । तर यो पटक कर्णाली प्रदेशमा शैक्षिक सत्र सुरु नहुनु अगावै प्रयाप्त पाठ्यपुस्तक आइपुगेको छ । यो वर्ष कर्णाली प्रदेशका ७९ वटा पालिकाकामा रहेका विद्यालयहरुमा लगभग पाठ्यपुस्तक पुगिसकेको छ  ।

कर्णालीमा सरकारी निकाय केन्द्र र नीजि क्षेत्रको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी उपभोक्ता सहकारी सुर्खेतले पाठ्यपुस्तक विक्री गर्दै आएको छ । केन्द्रले हालसम्म २६ हजार र सहकारीले नौं हजार सेट पाठ्यपुस्तक आएको जनाएको छ । सरकारी र नीजिले छुट्टाछुट्टै पाठ्यपुस्तक कर्णालीका जिल्लाहरुमा पठाएका छन् । जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालयले लगभग दशै जिल्लामा पाठ्यपुस्तक पुग्न लागेको जनाएको छ । 

शिक्षा मन्त्रालयले सम्बन्धित पालिकाको खातामा पाठ्यपुस्तक खरिद गर्न रकम पठाउने गरेको छ । पालिकाहरुले विद्यालयको खातामा पाठ्यपुस्तक खरिदका लागि सुरुमा ७५ प्रतिशत रकम पठाएपछि विद्यालयले पुस्तक किन्ने गरेका छन् । विद्यालयहरुले पुस्तक खरिदका लागि सिँधै केन्द्र र नीजि तथा पुस्तक व्यवसायीहरुबाट किताव खरिद गर्ने गरेका छन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend