असोज ३० गते २०८३ || October 16, 2026

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै


आइतबार, चैत २५ २०८००३:१५

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै

 लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार चार सदस्यीय मन्त्रिपरिषद् विस्तार हुने भएको छ । आज दिउँसो प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथपछि थप तीन जना मन्त्रीले शपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

नेकपा (एमाले) बाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक गरी तीनजना मन्त्री नियुक्त हुने बताइएको छ । एमालेबाट दलको उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्नेछन्  । 

पहिलो चरणमा मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिपरिषद् बन्नेछ । 

बहुमत पुगाउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ। जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउने गरी दलहरूबिच सहमति भएको थियो । जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयसहित सहरी विकास तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको बताइएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend