असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौंको ट्राफिक राप्रपाको प्रदर्शनले अस्तव्यस्त


मंगलबार, चैत २७ २०८००५:०८

काठमाडौंको ट्राफिक राप्रपाको प्रदर्शनले अस्तव्यस्त

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्व खड्काका अनुसार प्रदर्शनकारीले भद्रकाली, सहिदगेट, माइतीघर, रत्नपार्क, त्रिपुरेश्वर, सुन्धारा आसपासमा नाराबाजीसहित प्रदर्शन गरेकाले सवारी साधनलाई वैकल्पिक बाटो अपनाउन अनुरोध गरिएको छ। 

सार्वजनिक बसलाई वैकल्पिक बाटोतर्फ पठाइएपछि यात्रु भने अलपत्र परेका छन्।  

अहिले माइतीघरबाट सवारीलाई सुन्धारा प्रवेश गर्न दिइएको छैन ।  भक्तपुरबाट आउने सार्वजनिक सवारी साधनलाई तीनकुनेबाटै सिनामङ्गलतर्फ पठाइएको छ। ललितपुरबाट आउने सवारी साधनलाई पनि काठमाडौं प्रवेशमा रोक लगाइएको छ। पुल्चोकदेखि नै सवारी साधनलाई झम्सिखेल र सानेपातर्फ पठाइएको छ। 

 प्रदर्शनकारी भद्रकालीबाट त्रिपुरेश्वरतर्फ गएका छन्।  कीर्तिपुरबाट आउने सवारी साधनलाई कालिमाटीमा रोकिएको छ।  सरकारसँग राखेका ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मङ्गलबार प्रदर्शन गरेको हो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend