कात्तिक २ गते २०८३ || October 18, 2026

शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही हुन्छ- मन्त्रीश्रेष्ठ


मंगलबार, वैशाख ४ २०८१०३:०६

शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही हुन्छ- मन्त्रीश्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामापदेन सहकुलपति(मन्त्री)भएपनि हस्तक्षेप नगर्ने बताएकी छिन् । 
मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझावलिदैँ उनले आफू र आफ्नो पार्टी तर्फबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्तगर्दै अरुबाट भएको छ भने पनि कारबाही गर्ने बताएकी छिन् । 
उनले भनिन्, ‘म कसैलाई फोन गरेर यसलाई नियुक्ति गर, उसलाई नगर भन्दिन । मेरो पार्टीको कसैलाई त्यस्तो फोन आयो भने मलाई भन्नु भनेको छु । यस्तो काम मेरो पार्टीबाट र मबाट हुदैँ हुदैँन् ।अरुले गरेहाले पनि मलाई भन्नु, म  सहकुलपति छु । त्यसैले मापदण्ड बनाएर नियुक्तिप्रक्रिया समान गर्नको लागि प्रयोग गर्छु । यो मेरो प्रतिवद्धता भयो ।
उनले विद्यमान कानुन अनुसार कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भन्दै त्यस्तो पाइए कारबाही गर्ने प्रतिबद्धता पनिव्यक्त गरेकी छिन् । 
उनले भनिन्, ‘हाम्रो कानुनमा राखिएको छ र स्पष्ट रुपमा भन्छ कि शिक्षक र कर्मचारीहरु राजनीतिक पार्टीको कुनैपनि कार्यकारीमा बस्नु हुँदैन । शिक्षा ऐनले यो कुरा भन्छ । राजनीतिकदल सम्बन्धीको ऐनले कर्मचारी र शिक्षकलाई सदस्यतानदिनु भन्छ । यो कानुन मान भएको कुरा होईन्, यो हामीले कसरी गर्ने भन्ने कुरामा ध्यानदिन नसकेको हुनाले गाहो भइरहेको मात्रै हो ।म शिक्षामन्त्रीको हैसियतले ऐनहरु कार्यान्वयन गर्ने काम गरिहाल्छु । त्यसमामलाई प्रमाणसहित नाम दिनु त्यो कार्यान्वयनको पाटो म अगाडि लग्छु । यो मेरो प्रतिबद्धता हो ।’
उनले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्यहरुको नियुक्ति स्वतन्त्र रुपमा हुने र त्यसमाआफ्नो संलग्नन हुने बताइन । 
उनले भनिन्, ‘त्रिभुवन विश्व विद्यालय सेवाआयोगको सदस्यको नियुक्तिको प्रक्रिया अगाडि बढेको छ । त्यसमा पनि उपसमिति बनाएर अगाडि बढेका छांै ।त्यसमा मापदण्ड बनाएका छौं तर त्यसपछिको प्रक्रिया र अन्तरवार्तामा म सहभागी छैन् । उपसमितिले नै सिफारिस गर्नुहुन्छ र म त्यहीहिसाबमा अगाडि बढ्छु ।’
मन्त्री श्रेष्ठले शिक्षण पेशामाआकर्षण बढाउने विषयमा पनि कार्यदल बनेको भन्दै त्यसले ठोस परिणाम दिने विश्वास व्यक्त गरिन । विद्यालय भर्ना अभियान प्रभावकारी बनाइने उनले बताइन । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend