कात्तिक २ गते २०८३ || October 18, 2026

सत्तारुढ जनता समाजवादी पार्टी जसपा फुटको संघारमा पुगेको छ


आइतबार, वैशाख २३ २०८१०७:१४

सत्तारुढ जनता समाजवादी पार्टी जसपा फुटको संघारमा पुगेको छ

पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला आइतबार पार्टी संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । आइतबार अपरान्ह ७ जनाको हस्ताक्षरसहित आयोगमा पुगेर राईले आधिकारिकता पेस गरेका हुन् । 

राई नेतृत्वको समूहको यस कदमसँगै सत्तारूढ दल जसपा विभाजित भएको छ । यद्यपि, दल विभाजन गर्ने कानुन भने निष्क्रिय छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ मा अध्यादेश ल्याएर जसपा र तत्कालीन एमाले फुटाइएको थियो। उक्त अध्यादेश तत्कालै फिर्ता लिए पनि साविकको कानुनी व्यवस्था अझैसम्म जगाइएको छैन । 

उता पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव गत शनिबार अमेरिका गएका थिए ।
अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका गएका थिए ।
उनी सोमबार नेपाल फर्किने छन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend