असोज ३० गते २०८३ || October 16, 2026

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपालबिच भेटवार्ता


शुक्रबार, जेठ १८ २०८१०५:३४

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपालबिच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। 

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबिच भेट भएको हो। भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताएका छन् ।

भेटमा आइतबारबाट संसदमा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको थियो। सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलको बैठकमा सहभागी भएको बारेमा पनि छलफल भएको बताइएको छ। 

नेकपा (एमाले) ले सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएको विषयलाई नेकपा (एमाले) ले गम्भीरताका साथ लिएको छ।

यता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपाल प्रतिपक्ष दलको बैठकमा जाने कुरा आफूलाई जानकारी रहेको र सहमतिमै गएको बताएका छन् । सिंहदरबारमा भएको तीन नेताबिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend