असोज २९ गते २०८३ || October 15, 2026

पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी खण्डमा यातायात आवागमन बन्द


आइतबार, जेठ २७ २०८१०१:२५

पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी खण्डमा यातायात आवागमन बन्द

पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी खण्डमा यातायात आवागमन बन्द गरिएको छ । आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याम नजिक सडक भासिएकोले मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो १ बजे सम्मको लागि बन्द गरिएको छ । 

साँघुरो सडक भएको र जुनसुकै बेला पनि पहिरो खस्ने जोखिम भएकोले बन्द गरी मर्मत गर्नुपरेको जानकारी प्राप्त भएको छ । सो अवधिभर सवारी साधनको व्यवस्थापनमा आवश्यक सहजीकरण गरिदिन प्रशासन र प्रहरीलाई कार्यालयले अनुरोध समेत गरेको छ ।

वि.सं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मतका लागि काम भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मर्स्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विसं २०७९ जेठ २७ गते वर्षाले उक्त ठाउँमा सडक भासिए पछि सडक मर्मत  भइरहेको छ । एक साता अघि हावाहुरी सहित आएको पानीले सो क्षेत्रमा थप पहिरो गएकोले यातयात बन्द गरि मर्मत गर्नुपरेको ज्ञवालीले बताउनुभयो ।  निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । 

मर्स्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । सो खण्डमा वैकल्पिक मार्ग नभएकोले यात्रुलाई समस्या पर्ने भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend