कात्तिक २ गते २०८३ || October 18, 2026

भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नगरौं : महामन्त्री शर्मा


बिहीबार , जेठ ३१ २०८१०२:०९

भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश  नगरौं : महामन्त्री  शर्मा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने किसिमले अन्धाधुन्ध विनाश भइराखेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आजको विकासको भोक मेट्न, भोलिको पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गरौं,’ उनले भने ।

भूगर्भविदहरूले औंल्याएका पहिरोको जोखिम वस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्नुपर्ने र विपद व्यवस्थापनमा स्थानीय तहको मूमिकालाई बढोत्तरी दिनुपर्ने उनको सुझाव छ ।


  • सम्बन्धित विषय:

  • # महामन्त्री विश्वप्रकाश शर्मा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend