असोज ३० गते २०८३ || October 16, 2026
बस र कार ठोक्किँदा त्रिशुलीमा खस्यो बस, २० जना घाइते

बस र कार ठोक्किँदा त्रिशुलीमा बस खस्यो, २० जना घाइते


शुक्रबार, जेठ ३२ २०८११२:१७

बस र कार ठोक्किँदा त्रिशुलीमा बस खस्यो, २० जना घाइते

काठमाडौं - नेपालगन्जबाट काठमाडौं आउदै गरेको बस र कार पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ बजार नजिकै ठोक्किँदा २० जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज बिहान नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे १ ख ४०६० नम्बरको रात्री बस कारसँग ठोकिएपछि त्रिशूली नदी किनारमा खसेको हो ।

काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएपछि बस नदी किनारमा खसेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन्। बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य रहेको छ ।

गम्भीर घाइते भएका कारमा सवार सबैको उपचार चितवनका विभिन्न अस्पतालमा भइरहेको े गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # २० जना घाइते


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend