कात्तिक २ गते २०८३ || October 18, 2026

मन्त्री शर्मा भन्छिन् : राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको छ


बिहीबार , असार १३ २०८१०७:०५

मन्त्री शर्मा भन्छिन् : राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्च्याउने स्थिति सिर्जना भएको बताएकी छिन्  ।

बिहीबार काठमाडौँमा नेपाल साहित्यिक पत्रकार सङ्घको १८ औँ स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएकी हुन् ।उनले  राजनीति देशको मूल नीति भए पनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताएकी छिन्  । उनले  राजनीति देशको माउ नीति भएको राजनीति नसुधारीकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको जिकिर गरेकी छिन्  ।

उनले भनिन् , ‘आज आएर राजनीति भन्दा किन सबैले नाक खुम्च्याउने विषय बन्दैछ । आखिर राजनीति त देशको मूल नीति हो । यो माउ नीति हो । यो मूल नीति, माउ नीति नसच्चिएसम्म नसुध्रीकन अरू तमाम क्षेत्र सुधार्छु भनेर सम्भव छैन ।’’ 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend