कात्तिक १ गते २०८३ || October 17, 2026

पूर्व–पश्चिम राजमार्गमा बाढी


शुक्रबार, असार १४ २०८१०३:४७

पूर्व–पश्चिम राजमार्गमा बाढी

शुक्रबार बिहान भएको भारी वर्षापछि सर्लाहीको अधिकांश क्षेत्र जलमग्न भएको छ । बिहान २ बजेदेखि ९ बजेसम्म लगातार परेको पानीपछि दर्जनौँ बस्ती डुबानमा परेका छन् । पानीको निकास नदिई सडक निर्माण गरिँदा अधिकांश ठाउँमा डुबानको समस्या देखिएको हो । 

सडकमै बाढी बग्दा आउजाउ नै प्रभावित बनेको स्थानीयले बताएका छन् । जिल्लाको पूर्व–पश्चिम राजमार्गको विभिन्न स्थानको लच्कामा बाढी आउँदा सवारी ओहोरदोहोर गर्न समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

भारी वर्षापछि जिल्लाको बागमती, बाँके, कालिन्जोर, लखन्देही, फूलजोरलगायतका खोलामा बाढी आइरहेको छ । लालबन्दी नगरपालिका –३ का वडाध्यक्ष वुद्धदेव चौधरीका अनुसार लालबन्दी नगरपालिका –३, जब्दी र ईश्वरपुर नगरपालिका –८, रामपुरलाई जोड्ने फूलजोर खोलाको पुलबाट पैदल र मोटरसाइकलबाहेक अन्य सवारी आउजाउ बन्द भएको छ । 

जब्दीतर्फ पुल छेरको सडक बगाएपछि पुलबाट आवतजावत बन्द भएको वडाध्यक्ष चौधरीले बताउनुभयो । शुक्रबार बिहान जिल्लाको उत्तरी भेगमा सात घण्टासम्म भारी वर्षा भए पनि सदरमुकाम मलङ्गवासहित दक्षिणी भेगमा भने सामान्य वर्षा भएको स्थानीयले बताएका छन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend