कात्तिक २ गते २०८३ || October 18, 2026

विधेयकहरुलाई समितिबाट चाँडो पारित गर्न सभामुखको निर्देशन


बुधबार, साउन १६ २०८१०७:१३

विधेयकहरुलाई समितिबाट चाँडो पारित गर्न सभामुखको निर्देशन

सभामुख देवराज घिमिरेले छिटो भन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनमा लैजान निर्देशन दिएका छन् । 
बुधबार सिंहदरबारमा भएको सभामुख र समिति सभापतिबीचको छलफलमा सभामुखले समितिलाई प्रभावकारी बनाउन र छिटो भन्दा छिटो विधेयकहरु पारित गर्न निर्देशन दिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खानले जानकारी दिएका हुन् । 
उनले भने, ‘सबैले आफ्नो समितिको रिपोर्टहरु पनि सभामुखलाई बुझाएको छ र सभामुखले आफ्नो समितिलाई अझ प्रभावकारी बनाउनको लागि बैठक बस्ने व्यवस्था गर्नु र छिटो भन्दा छिटो विधेयकहरुलाई पारित गरेर सदनसम्म पुर्याउ भन्ने निर्देशन दिएको छ ।’
यस्तै, उनले छलफलमा आर्थिक समस्याको कुरा पनिउठेको भन्दै सभामुखले पहिलो वर्ष भन्दा यसपालि रकम बढेको हुनाले त्यस्तो समस्या नआउने जानकारी दिएको बताए । 
छलफल मा लगातार संसदको बैठक बसेपछि समितिको बैठक बस्नगारो हुने हुदाँ एकदिन सदनको बैठक र अर्को दिन समिति राख्ने भन्ने सुझाव पनि आएको उनको भनाई छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend