संघ र प्रदेशका सरकारहरूमा प्रतिपक्षमा रहेको नेकपा (माओवादी केन्द्र) संगठन सुदृढीकरणलगायत अभियानसहित जनतामाझ जाने भएको छ।
माओवादीले संघीय र प्रदेश सरकारमा रहेका बेला गरेका कामबारे जनतालाई जानकारीसमेत गराउने तयारी गरेको छ।
यसअघि गत वर्ष माओवादीले जनतासँग माओवादी चार महिने विशेष रूपान्तरण अभियान चलाएको थियो।
यही साउन ११ देखि १५ गतेसम्म पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले फेरि रूपान्तरण अभियान चलाउने विषयमा छलफल गरेको हो।
८४ को निर्वाचनमा एक्लै प्रतिष्पर्धामा जानुपर्नेमा अधिकांश पदाधिकारीले मत राखेका थिए। स्थायी कमिटीमा पनि पदाधिकारी बैठकमा उठेका कुराहरूलाई नै एजेण्डा बनाएर जाने माओवादीले निर्णय गरेको छ।
तर २०८० फागुन १ मा भएको विधान सम्मेलनले फेरि एक वर्षभित्रमा विशेष अधिवेशन गर्ने निर्णय गर्यो।
माओवादीमा निर्धारित मितिमा विधान महाधिवेशन गरेर नेतृत्वमा निर्वाचन हुनुपर्ने माग जबरजस्त उठेको छ। त्यसैको तयारीका लागि अभियान चलाउन लागिएको माओवादीले जनाएको छ।