कात्तिक २ गते २०८३ || October 18, 2026

प्रधानमन्त्री ओलीको दाबी जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ


मंगलबार, साउन २२ २०८१०४:३९

प्रधानमन्त्री ओलीको दाबी  जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ

प्रधानमन्त्री केपी शर्मा ओलीले जिन्दगीमा भ्रष्टाचार नगरेको बताएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा मंगलबार बोल्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगरेको र नसहेको बताएका हुन्।

‘जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिनँ, भ्रष्टाचार सहिन पनि,’ उनले भने, ‘मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो। यो धर्तीका अदालतमा मात्र होइन कि चित्रगुप्तका अगाडि पनि जबाफ दिन तयार छु।’

प्रधानमन्त्री ओलीले आफूलाई धन आर्जन गर्न नपर्ने पनि बताए।

 

राज्यको सम्पत्ति अपचलन गरेर त्यसलाई आफ्नो बनाउन आवश्यक पनि नरहेको उनको भनाइ छ। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend