कात्तिक १ गते २०८३ || October 17, 2026

ब्राजिलमा विमान दुर्घटना : ६१ जनाको मृत्यु


शनिबार, साउन २६ २०८१११:३६

ब्राजिलमा विमान दुर्घटना :  ६१ जनाको मृत्यु

ब्राजिलको राज्य साओ पाउलोको भित्री भागमा शुक्रबार विमान दुर्घटना हुँदा त्यसमा सवार ६१ जना यात्रुको मृत्यु भएको एयरलाइन्स कम्पनी भोपपासले पुष्टि गरेको छ ।

एयरलाइन्सको प्रारम्भिक रिपोर्टअनुसार मृत्यु हुनेको सङ्ख्या ६१ रहेको बताएको छ । भिन्हेडो सहरमा दुर्घटनाग्रस्त भएको विमानमा ५७ यात्रु र चार जना चालक दलका सदस्यहरू सवार थिए ।

ब्राजिलको क्षेत्रीय एयरलाइन्सको विमान दक्षिणी राज्य परानाको कास्केभेल सहरबाट साओ पाउलोको ग्वारुलहोस अन्तर्राष्ट्रिय विमानस्थलका लागि यात्रा गरिरहेको थियो । ६८ यात्रु बोक्न सक्ने क्षमता भएको उक्त विमान क्यापेला डे भिन्हेडोको छिमेकमा रहेका घरहरूमा खसेको थियो ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend