नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ। यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।