कात्तिक १ गते २०८३ || October 17, 2026

काठमाडौंको निषेधित क्षेत्रमा कडाई बढ्यो, हर्न बजाउँदा १५ सय रुपैयाँ जरिवाना हुने १६ शीर्षकहरु के-के छन् ? 


पिपल अनलाइन
मंगलबार, पुस १२ २०७९०३:५६

काठमाडौंको निषेधित क्षेत्रमा कडाई बढ्यो, हर्न बजाउँदा १५ सय रुपैयाँ जरिवाना हुने १६ शीर्षकहरु के-के छन् ? 

काठमाण्डौ -ट्राफिक प्रहरीले लाग्दै आएको जरिवाना बढाएको छ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लघन गर्दा लाग्ने जरिवाना पुस १ गतेदेखि बढाइएको हो । ट्राफिक नियम उल्लघंन गर्ने क्रम बढेपछि समयानुकल बनाउ जरिवाना बढाइएको ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । यसअघि ५ सयदेखि १५ सय रुपैयाँसम्म लाग्दै आएको ट्राफिक जरिवाना बढाएर अब १५ सय रुपैयाँ बनाइएको छ । 

ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको हो । यसअघि न्युनतम ५ सय रुपैयाँ मात्रै जरिवाना लिइने गरेकोमा अब त्यसलाई बढाएर अधिकतम ९१५ सय० रुपैयाँ बनाइएको छ । यसरी १५ सय रुपैयाँसम्म जरिवाना गर्ने विषयमा निधेधित क्षेत्रमा हर्न बजाउँदा पनि छ । अर्थात अब काठमाडौं उपत्यकाको निषेधित क्षेत्रमा हर्न बजाएमा १५ सय रुपैयाँ जरिवाना लाग्नेछ । 

 

१५ सय रुपैयाँ जरिवाना हुने १६ शीर्षक

 

१. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा
२.  सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा 
३.   सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेमा 
४.   सडकमा गलत साईड तर्फबाट सवारी चलाएमा 
५.   एकतर्फी सडकमा सो विपरित सवारी चलाएमा 
६.   अवस्था ठिक नभएको सवारी चलाएमा 
७.   राति बत्ति नबाली सवारी चलाएमा 
८.    सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा 
९.    नम्बर प्लेट नराखी सवारी चलाएमा 
१०.  सिटबेल्ट नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा 
११.  सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा 
१२.  लापरवाहीका साथ सवारी चलाएमा 
१३.  सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा 
१४.  लाइसेन्स, ब्लुबुक, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा 
१५.  ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा
१६.  हर्न बजाउन निषेध गरिएको ठाउँमा हर्न बजाएमा

 


  • सम्बन्धित विषय:

  • # काठमाडौंको निषेधित क्षेत्रमा कडाई बढ्यो, हर्न बजाउँदा १५ सय रुपैयाँ जरिवाना हुने १६ शीर्षकहरु के-के छन् ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend