कात्तिक १ गते २०८३ || October 17, 2026

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


मंगलबार, भदौ ४ २०८१११:३१

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।

बैठक बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालयमा सुरू हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकमा राष्ट्रिय भेलाबारे छलफल हुने उनले बताए। साउन १० गते बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो।

भदौ दोस्रो साता गर्न लागेको कर्णाली विशेष अभियानबारे पनि केन्द्रीय समितिमा छलफल हुने‍छ।

कर्णाली विशेष अभियानबारे पनि यसअघि बसेको केन्द्रीय समिति बैठकले नै निर्णय गरेको हो।

कर्णाली विशेष अभियानको कार्ययोजना बनाउने जिम्मा सहमहामन्त्री विपीनकुमार आचार्यले पाएका छन्।

 

सबै प्रदेशमा सभापति समेतको उपस्थितीमा कार्यक्रम गर्नेबारे पनि छलफलको कार्यसूची रहेको झाको भनाइ छ।

यस्तै संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल गर्ने कार्यसूची छ।

 

रास्वपाले केन्द्रीय समितिमा स्थानीय तह निर्वाचनबारे पनि छलफल गर्ने भएको छ।

निर्वाचन आयोगले रिक्त स्थानीय तहका पदमा मंसिरको तेस्रो साता चुनाव गर्न सुझाव दिएको छ। सरकारले मिति घोषणाको तयारी गरेको छ।

रास्वपाले संविधान दिवसको कार्यक्रमबारे पनि केन्द्रीय समितिमा छलफल गर्ने कार्यसूची बनाएको झाले जानकारी दिए।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend