कात्तिक २ गते २०८३ || October 18, 2026

दुई ठुला प्रतिशपर्धी दलको गठबन्धनले आत्मविश्वास बढेको छ : गृहमन्त्री लेखक


बिहीबार , भदौ २० २०८१०१:४६

दुई ठुला प्रतिशपर्धी दलको गठबन्धनले आत्मविश्वास बढेको छ  : गृहमन्त्री लेखक

नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले दुई ठुला प्रतिशपर्धी दलको गठबन्धनले आत्मविश्वास बढेको बताएका छन्  ।  नेपाली कांग्रेस कैलालीले अयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै गृहमन्त्री रमेश लेखकले सो कुरा बताएका हुन् ।

दुई ठुला दल मिल्दा राजनीतिक र जनतामा आत्मविश्वास बढेको बताए  । उनले भने , “दुई ठुला दलहरु एक आपसमा प्रतिशपर्धी दलहरु हुन्। हामीबिच प्रतिशप्रर्धा पनि छ, सहमति पनि छ । हामी सहमतीका साथ अघि बढ्दा जनतामा आत्माबिश्वास बढेको छ ।” 

कार्यक्रममा बोल्दै  मन्त्री लेखकले दुई दलबिचको गठबन्धन बन्दा देशमा परिर्वनको थालनी भएको बताए  । उनले भने , “दुई दलको सरकार बने लगत्तै अर्थतन्त्र चलयमान भएको छ, १८ वर्षदेखि रोकिएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संसदबाट पास भएको छ । शान्ति प्रक्रियाका लागि रोकिएका बाँकी कामहरु अघि बढेका छन् । जसको बिदेशी शक्तिहरुले प्रशंसा गरेका छन् ।"




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend