असोज २९ गते २०८३ || October 15, 2026
रास्वपाले राष्ट्रिय भेलापछि महामन्त्री र प्रवक्ता चयन गर्ने

रास्वपाले राष्ट्रिय भेलापछि महामन्त्री र प्रवक्ता चयन गर्ने


पिपल अनलाइन
बिहीबार , भदौ २० २०८१०५:०२

रास्वपाले राष्ट्रिय भेलापछि महामन्त्री र प्रवक्ता चयन गर्ने

 काठमाण्डौँ -  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रिक्त रहेको पार्टीको महामन्त्री एवं प्रवक्ता आगामी राष्ट्रिय भेला पछि चयन गर्ने भएको छ। मुकुल ढकालललाई कारबाही गरेपछि उक्त पद रिक्त रहेको हो।

पार्टीका उपसभापति डिपी अर्यालले आगामी राष्ट्रिय भेला पछि महामन्त्री र प्रवक्ता चयन गरिने जानकारी दिए। उनले राष्ट्रिय कार्यकर्ता भेला अघि बस्ने केन्द्रीय समिति बैठकमा यसबारेमा छलफल हुने र त्यसपछिआयोजित राष्ट्रिय भेला पछि निर्णय गरिने बताए।

उनका अनुसार असोज १ र २ गते राजधानीको प्रज्ञा भवनमा राष्ट्रिय भेलाको आयोजना गरिएको र सो भेलापछि मात्रै नयाँ महामन्त्री र प्रवक्ता चयन गरिने भएको हो। पार्टीमा हालकै सहमहामन्त्रीहरु नै आकांक्षी रहेकोले तिनैमध्येबाट नयाँ महामन्त्री र प्रवक्ता तोकिने बताइएको छ ।

हाल कार्यवाहक प्रवक्ताका रुपमा मनिष झाले जिम्मेवारी निभाएका छन् भने कार्यवाहक महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी रहेका छन्।

#राष्ट्रिय भेला


  • सम्बन्धित विषय:

  • # रास्वपाले राष्ट्रिय भेलापछि महामन्त्री र प्रवक्ता चयन गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend