असोज ३० गते २०८३ || October 16, 2026

नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै होः मन्त्री पाण्डे


आइतबार, भदौ २३ २०८१०२:२५

नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै होः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन्  । भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।

मन्त्री पाण्डेले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताए  । उनले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने जिकिर गरे  ।

मन्त्री पाण्डेले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको सुरुवात कहाँबाट गर्नुपर्छ भन्ने कुरा बुझिसकेको बताए । सत्य र निष्ठाबाट विचलित नभई नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने जानकारी उनले दिएका छन्  ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend