कात्तिक २ गते २०८३ || October 18, 2026

बिपी कोइरालाबारे अझै धेरै खोज, अनुसन्धान हुन जरुरी छ : सभापति देउवा


मंगलबार, भदौ २५ २०८१०६:११

बिपी कोइरालाबारे अझै धेरै खोज, अनुसन्धान हुन जरुरी छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामानव बिपी कोइरालाको सन्दर्भमा अहिले पनि व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याउएका छन् ।

बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा पेसागत तथा बुद्धिजीवी विभाग, नेपाली कांग्रेसले मङ्गलबार आयोजना गरेको ‘बिपीको समाजवाद :  आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा पूर्व प्रधानमन्त्री देउवाले बिपी कोइरालाले कुनै समयमा बोलेको विषय समयानुकूल परिवर्तन हुँदै जाने बताउँदै बिपीका बारेमा समयअनुसार खोज–अनुसन्धान गरी त्यसलाई विश्वसामु पुर्‍याउनुपर्ने बताए  ।

बिपी कोइरालाले छोडेको प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक समाजवादलगायत विषयलाई आत्मसात् गर्दै अबका युवा पुस्ताहरू अगाडि बढ्नुपर्ने उनको  भनाइ थियो । सभापति देउवाले भने , “समाजवाद मात्र होइन, प्रजातन्त्रसहितको समाजवाद हो, जसमा मानवीय मूल्य, मान्यता, मानवअधिकार सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।” प्रजातन्त्रविहीन समाजवाद हुन नसक्ने उनको  भनाइ थियो ।

“कतिपय कुराहरू समयअनुसार परिवर्तन पनि हुन्छ, उतिबेला बिपी कोइरालाले गाई पाल्ने कुरा गरेका थिए, उतिबेला बाटो थिएन, तर अहिले गाउँका घरघरमा बाटो पुगेको छ, बिजुली पुगेको छ, बत्ती पुगेको छ, त्यसैले आजको दिनमा गाई पाल्नेभन्दा पनि डेरीबाट दूध वितरण गर्न सकिन्छ, डेरीबाटै घिउ उपलब्ध गराउन सकिन्छ”, उनले भने  ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend