असोज २९ गते २०८३ || October 15, 2026

कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छुः कृषिमन्त्री रामनाथ अधिकारी


शुक्रबार, भदौ २८ २०८१०१:४९

कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छुः कृषिमन्त्री रामनाथ अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन प्रयत्नरत रहेको बताएका छन्  ।

शुक्रबार काठमाडौँमा फ्लोरिकल्चर एशोसिएशन नेपालको ३२ औं वार्षिक साधारणसभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा बोल्दै उनले  यस्तो बताएका हुन्  ।

उनले  कृषि ऐन नै लामो समयदेखि ल्याउन नसकेको भन्दै अब छिटै कृषि ऐन ल्याउने प्रतिवद्धता व्यक्तगरे  । उनले  मन्त्रालयले कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरु तर्जुमा गर्नका लागि सुरुवात गरिसकेको बताएका छन्  ।

कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेको उनको भनाइ छ । उनले  बीउ विजन नियमावली चाँडोभन्दा चाँडो पास गराउने प्रतिवद्धताजनाएका  छन्  ।

मन्त्री अधिकारीले भने , ‘‘कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरु तर्जुमा गर्नका लागि सुरुवात गरेका छौँ । हामीले कृषि ऐन नै लामो समयदेखि ल्याउन सकेका छैनौँ, कृषि ऐन ल्याउँदैछौँ । कृषि मन्त्रालयअन्तर्गतका बीउ विजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरु अहिले तर्जुमा भइरहेका छन् । छलफल अघि बढिरहेको छ । बीउ विजन नियमावली चाँडोभन्दा चाँडो पास गराएर यहाँहरुका बीचमा ल्याउने काममा पनि म आफू क्रियाशिल रहनेछु । सिङ्गो कृषि ऐन चाँडो भन्दा चाँडो ल्याउनुपर्ने छ ।’’

मन्त्री अधिकारीले किसानलाई परेका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend