असोज ३० गते २०८३ || October 16, 2026

दरबारमार्गको सडक बन्द गर्दा काठमाडौंमा जाम


बुधबार, असोज २ २०८११२:११

दरबारमार्गको सडक बन्द गर्दा काठमाडौंमा जाम
 
 

काठमाडौंका मुख्य सडकहरूमा सवारी जाम भएको छ।

संविधान दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंको दरबारमार्गमा नेशनल डे कन्सर्टको आयोजना हुँदैछ। त्यसको लागि बुधबार सडक बन्द गरी दरबारमार्गमा स्टेज निर्माणको काम भइरहेको छ। 

जसकारण आसपास क्षेत्रमा चर्को सवारी जाम भएको हो।

नारायण गोपाल, उत्तर ढोका, गैरीधारा, हात्तिसार, पशुपति, दिल्लीबजार सडक, कान्तिपथ लगायतमा जाम भइरहेको हो। त्रिपुरेश्वर, थापाथली, माइतीघर, टुँडिखेल आसपास पनि जाम भइरहेको छ।

बुधबार बिहानै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै ट्राफिक डाइभर्जन गरिएको जनाएको थियो। 

केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गर्ने जनाएको थियो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend