कात्तिक २ गते २०८३ || October 18, 2026

दुर्गा प्रसाईं पक्राउ


आइतबार, असोज ६ २०८१०४:२६

दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार अपराह्न साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो 

गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो। सोही उजुरीका आधारमा सोधपुछका लागि प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो।

प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध अदालतबाट पुर्जी जारी भएको थियो।

उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको हो।

प्रसाईंलाई भोटाहिटीस्थित साइबर ब्युरो लगिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend